सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ मंसिर । महालक्ष्मी विकास बैंकले दरबारमार्ग शाखामा डिजिटल भुक्तानी केन्द्रको औपचारिक उद्घाटन गरेको छ। बैंकले ग्राहकहरूलाई अत्याधुनिक र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गर्ने उद्देश्यका साथ यो केन्द्र सञ्चालनमा ल्याएको हो।
डिजिटल भुक्तानी केन्द्रमार्फत ग्राहकहरूले विभिन्न अनलाइन भुक्तानी सेवा पाउनेछन्। यसमा भिसा शुल्क, विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन तथा अध्ययन शुल्क, शैक्षिक परीक्षा जस्तै PTE, SAT, USMLE, GRE, ACCA को शुल्क, र सेविज शुल्कको भुक्तानी समावेश छ।
बैंकले यस सेवाले ग्राहकहरूको डिजिटल भुक्तानी प्रक्रियालाई झन् सरल, सहज र सुरक्षित बनाउने विश्वास व्यक्त गरेको छ।
डिजिटल भुक्तानी केन्द्रको शुभारम्भअघि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँगको सहकार्यमा नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो। बैंकले आफ्नो शाखा सञ्जाल र मर्चेन्ट नेटवर्कको प्रयोग गरी अन्तरदेशीय क्युआर भुक्तानी सेवामा पनि अग्रणी बन्ने योजना बनाएको छ।
डिजिटल सेवाप्रति आफ्नो प्रतिबद्धता देखाउँदै बैंकले हालै मोबाइल एप्लिकेसन “महालक्ष्मी स्मार्ट साथी” परिष्कृत गरी सञ्चालनमा ल्याएको छ। यस एपले ग्राहकहरूलाई सहज, सुरक्षित, र अत्याधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
बैंकले डिजिटल भुक्तानीका नयाँ माध्यमहरूलाई प्राथमिकता दिँदै ग्राहकहरूको चाहनालाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ। डिजिटल सेवाका यस्ता पहलकदमीहरूले बैंकलाई ग्राहकहरूका लागि अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन मद्दत गर्ने विश्वास बैंकले लिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा