सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ मंसिर । साताको अन्तिम कारोबारको दिन शेयर बजार ३३ अङ्कभन्दा धेरैले घटेको छ । हिजो ४५ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज बिहिबार ३३ दशमलव ४२ अङ्कले घटेर २ हजार ६८२ दशमलव २९ विन्दुमा झरेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने बढेको यसदिन ३०४ वटा कम्पनिको १ करोड २३ लाख कित्ता शेयर ६ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्सको २६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे ८ प्रतिशतले बढेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा