सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले पाँच दिनको म्याद थपेको छ। न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार प्रहरीले गरेको म्याद थपको निवेदनमाथि सुनुवाइ गर्दै पाँच दिनको म्याद दिएको हो।
प्रहरीले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणका अभियोगमा अनुसन्धान गरिरहेको छ। प्रहरी स्रोतका अनुसार यो अन्तिम म्याद थप हो र अब अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको छ। लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो।
विशेष संसदीय समितिले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी, र नेपालगञ्जको समानता सहकारी जस्ता सहकारीहरूको ठगी प्रकरणमा लामिछानेको संलग्नता देखाएको छ।
प्रतिवेदनका अनुसार, सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ, तथा देशभरका विभिन्न सहकारीबाट झन्डै ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको देखिएको छ। लामिछानेसहित गोर्खा मिडियाका पूर्व डिआइजी छविलाल जोशी, नेचर हब्र्सका रामबहादुर खनाल, र लिला पछाईविरुद्ध छानबिन भइरहेको छ।
संसदीय समितिको प्रतिवेदनले सहकारी क्षेत्रको रकमलाई दुरुपयोग गर्दै डेढ अर्बभन्दा बढीको अपचलन भएको खुलासा गरेको छ। समितिले लामिछानेसहितका अभियुक्तहरूलाई कानुनी कारबाहीको सिफारिस गरेको छ।
सहकारी ठगी प्रकरणले नेपालको सहकारी क्षेत्रको नियमन र पारदर्शिताप्रतिको प्रश्न उठाएको छ। अदालतले थप समय दिएसँगै अनुसन्धानले ठगी प्रकरणका मुख्य योजनाकारहरूको पहिचान र कानुनी प्रक्रिया छिट्टै अघि बढाउने अपेक्षा गरिएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा