सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २७ मंसिर । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले पुष १ गतेदेखि लागु हुने गरी देवकोटालाई नियुक्त गरेको हो ।
चार्टर्ड एकाउण्टेण्ड समेत रहेका उनलाई अगामि ४बर्षको लागी सिईओमा नियुक्त गरेको हो ।
यसअघि, देवकोटा नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको सिईओका रूपमा कार्यरत थिए।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका देवकोटाले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका छन्। आफ्नो करियर २०६२ सालमा नेपाल बैंक लिमिटेडबाट सुरु गरेका उनले नेपाल बंगलादेश बैंकमा १५ वर्ष काम गरेका थिए। त्यसपछि, नबिल बैंकले नेपाल बंगलादेश बैंकको प्राप्ति गरेपछि उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी सम्हालेका थिए।
व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् ।
सिन्धु विकास बैंकले देवकोटाको नेतृत्वमा थप व्यवसायिक सफलता हासिल गर्ने अपेक्षा गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा