सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहक र कर्मचारीहरूको लागि एप्पल उत्पादनमा विशेष छुटको घोषणा गरेको छ। बैंकले नेपालमा एप्पलको आधिकारिक विक्रेता जोय स्टोरसँग सम्झौता गरी एप्पलका उत्पादनहरूमा अधिकतम २०% सम्म छुट उपलब्ध गराउने व्यवस्था गरेको हो।
सम्झौतामा गरिमा विकास बैंकका तर्फबाट पुतलीसडक शाखाका प्रबन्धक सुजित नेपाल र जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्माले हस्ताक्षर गरेका छन्।
बैंकका ग्राहक तथा कर्मचारीहरूले छुट प्राप्त गर्नका लागि गरिमा विकास बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ वा अन्य भुक्तानी माध्यम प्रयोग गर्नुपर्नेछ।
जोय स्टोरले एप्पलका उत्पादनमा ग्राहकलाई दुई वर्षको वारेन्टी, एक वर्षको बीमा, र ईएमआई सेवासमेत उपलब्ध गराउने जानकारी दिएको छ।
गरिमा विकास बैंकका शाखा प्रबन्धक सुजित नेपालले भने, “हाम्रो उद्देश्य आफ्ना ग्राहक र कर्मचारीलाई गुणस्तरीय सेवा र उत्पादन उपलब्ध गराउनु हो। एप्पलका आधिकारिक विक्रेतासँग सहकार्यले ग्राहकको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ।”
यो अफर अन्तर्गत गरिमा विकास बैंकका ग्राहकहरूले आईफोन, म्याकबुक, एप्पल वाच, एयरपड र अन्य एसेसोरिजमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा