सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ–हङकङ–मकाओ जोड्ने सामुन्द्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ । पुल संचालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ ।
गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ–झुहाई–मकाओ क्रस–‘सी’ मेगा ब्रिज र शेन्जेन–झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो।
सन् २०२० बाट निर्माण सुरु भएको पुल ३१ किलोमिटर छ । दुई–तर्फी छ लेन राजमार्ग संरचना रहेको पुल संचालनमा आएपछि झुहाई र जियाङ्मेन बीचको यात्रा आधा घन्टा घट्नेछ । पुल साढे चारबर्ष लगाएर निर्माण गरिएको हो ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा