सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ मंसिर । मुक्तिनाथ बैंकले जलवायु परिवर्तन र ग्लोबल वार्मिंगका प्रभावबारे सचेतना फैलाउन “आर्ट फर अर्थ” नामक राष्ट्रियस्तरको चित्रकला प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। प्रतियोगिता नेपालभरका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूका लागि खुला गरिएको छ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तन र ग्लोबल वार्मिंगले समाज, पर्यावरण, र भविष्यमा पार्ने प्रभावलाई चित्रकलामार्फत प्रस्तुत गर्नुपर्नेछ। बैंकले प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। प्रत्येक क्षेत्रीय विजेतालाई रु. १०,००० र एक प्रमुख विजेतालाई रु. ५०,००० प्रदान गरिनेछ। यदि मुख्य विजेता क्षेत्रीय विजेता भएमा, मुख्य पुरस्कार बाहेक क्षेत्रीय पुरस्कार रद्द हुनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले अनिवार्य रूपमा विद्यालयको सिफारिस पत्रसहित अनलाइन दर्ता गर्नुपर्नेछ। सहभागीहरूलाई चित्रकला कागज बैंकले उपलब्ध गराउने भए पनि अन्य सामग्री आफैं ल्याउनु पर्नेछ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको केन्द्रीय वा क्षेत्रीय कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
जलवायु परिवर्तन र ग्लोबल वार्मिंगजस्ता गम्भीर विषयहरूमा विद्यार्थीहरूको संलग्नता बढाउन यो प्रतियोगिता एक महत्त्वपूर्ण पहल मानिएको छ।
बैंकले यो प्रतियोगिता विद्यार्थीहरूमा जलवायु परिवर्तनबारे ज्ञान अभिवृद्धि गर्दै उनीहरूलाई सिर्जनात्मकताको माध्यमबाट जागरुक गराउने उद्देश्यले आयोजना गरिएको बताएको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा