सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ मंसिर । कामना सेवा विकास बैंकले २२ लाख ९६ हजार ८१५.२७ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गरेको छ। यस बोनस शेयरको सूचिकरण बैंकको २०८१ सालको असोज ३० गतेको १८ औं वार्षिक साधारणसभाबाट पारित निर्णय अनुरूप गरिएको हो।
साधारणसभामा बैंकले ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त ७ प्रतिशत बोनस शेयर अहिले नेप्सेमा सूचीबद्ध भएको छ र यसका २२ लाख ९६ हजार ८१५.२७ कित्ता शेयरहरू बैंकका शेयरधनीहरूको डिम्याट खातामा जम्मा भइसकेको बैंकले जानकारी दिएको छ।
साथै, नगद लाभांशको रकम पनि शेयरधनीहरूको बैंक खातामा पारित भए लगतै पठाइदिएको छ। यदि कुनै शेयरधनीको डिम्याट खातामा बोनस शेयर नजम्मा भएको वा कुनै अन्य जिज्ञासा भएमा, उनीहरूले कामना सेवा विकास बैंकको केन्द्रीय कार्यलयमा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएको छ।
यस बोनस शेयर सूचिकरणले बैंकका शेयरधनीहरूलाई थप लाभ दिलाउने र बैंकको पूंजी संरचना मजबुत बनाउने अपेक्षासमेत गरिएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा