सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रोयटर्स, लन्डन। फ्रान्स सरकार अविश्वासको मत गुमाएपछि पतन भएको छ । जसका कारण युरोपको दोस्रो ठूलो अर्थतन्त्र राजनीतिक संकटमा फसेको छ । दक्षिणपन्थी र वामपन्थी सांसदहरूले एकजुट भएर प्रधानमन्त्री मिशेल बार्नियरलाई अविश्वासको प्रस्ताव ल्याएर सत्ताबाट हटाएका छन्। राष्ट्रपति इमानुएल म्याक्रोनलाई समेत राजीनामा दिन दबाब परेको छ ।
सन् १९६२ पछि पहिलो पटक सरकार ढल्यो
बजेट विवादपछि विपक्षीले अविश्वासको प्रस्ताव ल्याएपछि प्रधानमन्त्री बर्नियर र उनका मन्त्रीहरूले राजीनामा दिनुपरेको थियो। सन् १९६२ पछि अविश्वासको मतले सत्ताबाट हटाउने यो पहिलो फ्रान्सेली सरकार हो। जसका कारण स्वीस फ्र्यांक र पाउण्ड जस्ता युरोपेली मुद्राको तुलनामा युरोको भाउ घटेको छ ।
म्याक्रोनले भने– म २०२७ सम्म सेवा गर्नेछु
अर्कोतर्फ, सरकार पतन भए पनि राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०२७ सम्म आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् । उनले देशवासीको सेवा गरिरहने बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा