सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ मंसिर । । नेपाल प्रिमियर लिग ९एनपीएल०मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ गरेको कर्णालीले ५ को विकेटको क्षतिमा १४९ रन बनायो। कर्णालीका लागि शिखर धवनले अविजित ७२ रन बनाए।
कर्णाली र काठमाडौं दुवै टोलीले यसअघि १–१ खेलिसकेका छन्। जसमा यी दुवै टोली पराजित भएका छन्।
काठमाडौं गुर्खाजलाई चितवन राइनोजले पराजित गरेको छ भने कर्णाली याक्सलाई जनकपुर बोल्ट्सले स्तब्ध पारेको छ। यी दुई टोली मैदानमा उत्रँदा नेपाली राष्ट्रिय टोलीका दुई अनुभवी पेस बलरमा दर्शकको नजर रहनेछ।
याक्सका मार्की खेलाडी सोमपाल कामी र गुर्खाजका मार्की करण केसी दुवै राष्ट्रिय टोलीका अनुभवी पेस बलर हुन्।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा