सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्ये एक कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन ।
उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेत ले स्वागत गरेका थिए ।
३१ वर्षीय विलियमले प्रथम श्रेणी, लिस्ट ’ए’ र टी–२० प्रतियोगिता खेलेका छन् । उनले अस्ट्रेलियाको यू–१९ टोलीबाट पनि लामो समय क्रिकेट खेलेका थिए । उनले प्रथम श्रेणीको क्रिकेटमा २८ खेल खेल्दै कुल एक हजार एक सय चार रन बनाएका छन् ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा