सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालका प्रतिनिधित्व गर्दै एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा भाग लिन नेपाली तिनिधिमण्डल हिजो ब्रुनेई प्रस्थान गरेको छ ।
डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा, नामी इभिले प्रायोजन गरेको नास–आईटी अवार्ड्स २०२४ बाट छनोट भएका चार उत्कृष्ट आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दैछन ।
यस एपिक्टा अवार्ड्स २०२४मा, तीन नेपाली निर्णायकहरूले पनि अन्तर्राष्ट्रिय निर्णायक प्यानलमा सहभागी भएर आफ्नो विशेषज्ञता प्रदान गर्नेछन् । यो अवार्ड्स नेपाली आईसीटी क्षेत्रको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने एक महत्वपूर्ण अवसर हो ।
एपिक्टा अवार्ड्स
एपिक्टा अवार्ड्स एशिया–प्यासिफिक क्षेत्रभरिका प्राविधिक उत्कृष्ट र नवाचारलाई सम्मान गर्ने एक विश्वव्यापी मान्यता प्राप्त मञ्च हो। यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ ।
नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने कम्पनीहरूः
नेपालको प्राविधिक क्षमता प्रदर्शन गर्न चार कम्पनीहरू सहभागी हुँदैछन्ः
● आई.एम.एस पी.ओ.एस म्यानेजमेन्ट (आई.एम.एस सफ्टवेयर प्रा. लि.)
○ श्रेणीः फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)
● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रा. लि.)
○ श्रेणीः सेकुरिटी सोल्युसन्स
● ईकागजपत्र (ईकागजपत्र प्रा. लि.)
○ श्रेणीः प्रफेशनल सर्भिसेज सोल्युसन्स
● एल.एम.सी एलर्ट (अलपास टेक्नोलोजी प्रा. लि.)
○ श्रेणीः गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट
नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने निर्णायकहरूः
नेपालका तीनजना निर्णायकहरूले एपिक्टा अवार्ड्सको निर्णायक प्यानलमा आफ्नो विशेषज्ञता प्रदान गर्नेछन्ः
● अनिल कुमार दत्त, सहसचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
● रिचन श्रेष्ठ, संस्थापक अध्यक्ष, नास–आईटी ७ प्रमुख कार्यकारी अधिकृत, क्विकफक्स टेक्नोलोजी
● दिपेन चापागाईं, महासचिव, नास–आईटी ७ नेपाल अफिस निर्देशक, लगप्वाइन्ट
नेपालका अतिरिक्त प्रतिनिधिहरूः
निर्णायक र कम्पनीहरूको अतिरिक्त, नेपालका दुई प्रतिनिधिहरू पनि उपस्थित रहनेछन्ः
● नारायण कोईराला, एपिक्टा कार्यकारी समितिका सदस्य र प्रबन्ध निर्देशक, ईमिनेंस वेज प्रा. लि.
● अनिष श्रेष्ठ, एपिक्टा अवार्ड्सका अर्थव्यवस्था समन्वयक र प्रमुख कार्यकारी अधिकृत, येलो नेपाल प्रा. लि.
नास–आईटीले हिजो विमानस्थलमा सहभागी कम्पनीहरू र निर्णायकहरूलाई बिदाइ गर्दै शुभकामना व्यक्त ग¥यो।एपिक्टा अवार्ड्समा प्रतिनिधित्व यो महत्वपूर्ण क्षणले नेपालका आईटी सेक्टरको प्राविधिकहरूको समर्पण र विशेषज्ञता साथै नेपाललाई विश्वव्यापी आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा