सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । तार्केश्वर नगरपालिकाको आयोजनामा तेश्रो मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिता मसुरु भएको छ ।
ंगलबारदेखि ‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मुल नारासाथ सुरु भएको प्रतियोगिताको उद्घाटनअघि धर्मस्थलीस्थित आयोजक नगरपालिकाको कार्यालयबाट पिपलडाँडा तुसाल खेल मैदानसम्म ¥याली निकालिएको थियो ।
¥याली मैदानमा पुगेपछि उद्घाटन कार्यक्रम सुरु भएको थियो । तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले प्रतियोगिताको उद्घाटन गरे ।
उद्घाटनका अवसरमा सहभागी विद्यालयका टोलीले मार्च पास्ट गरेका थिए भने कपन टाइगरको टोलीले आकर्षक तेक्वान्दोको प्रस्तुती प्रस्तुत गरेको थियो । सेक्रेड हार्टका विद्यार्थीले एरोबिक नृत्य प्रस्तुत गरेका थिए ।
पहिलो दिन छात्र फुटबलतर्फ २ खेल भयो । उद्घाटन खेलमा श्रृजना ज्ञान सागरले नर्थ भ्यालीलाई २–० गोलले पराजित ग¥यो । अर्को खेलमा कालीदेवीले किन्डर गार्डेनलाई ७–० को फराकिलो गोलअन्तरले हरायो । छात्रमा ३६ तथा छात्रामा १९ टिम सहभागी छन् ।
विभिन्न १० खेल समावेश प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडी सहभागी छन् । फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिसको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा शीर्ष चार स्थानमा रहने टिमलाई क्रमशः १ लाख, ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गर्ने कार्यक्रम संयोजक राजेन्द्रप्रसाद तिमिल्सनाले जानकारी दिए । गत संस्करणमा लालीगुराँस नेसनल एकेडेमी टिम च्याम्पियन बनेको थियो । पहिलो संस्कणमा हिमरश्मि पहिलो भएको थियो ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा