सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ मंसिर । महालक्ष्मी विकास बैंकले आज ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा एक विशेष संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । यस अवसरमा बैंकले अपाङ्गता भएका व्यक्तिहरुका लागि बैंकिङ्ग सेवा र सुविधाहरूलाई अझ सुलभ र समावेशी बनाउनका लागि विभिन्न पहलहरूको घोषणा गरेको छ।
बैंकले आफ्नो दरबारमार्ग शाखालाई अपाङ्गमैत्री शाखाको रूपमा विकास गर्ने उद्देश्य राखेको छ, जसमा अपाङ्गता भएका व्यक्तिहरुको बैंकिङ्ग कारोबारलाई थप सहजीकरण गर्न विभिन्न स्रोत साधनहरूको अधिकतम प्रयोग गरिनेछ। यसैगरी, दरबारमार्ग शाखामा एक कर्मचारीलाई सम्पर्क व्यक्ति र फोकल पर्सनको रूपमा नियुक्त गरिएको छ, जसले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोग र सेवा प्रदान गर्नेछ।
संयुक्त राष्ट्र संघ र नेपाल सरकारको ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार’ भन्ने नारालाई आत्मसात गर्दै, बैंकले अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका र दृष्टिविहीन व्यक्तिहरुलाई सहयोग पुर्याउने उद्देश्यले सेतो छडी लगायतका सामाग्री वितरण गरेको छ।
यससँगै, महालक्ष्मी विकास बैंकले आफ्नो मोबाइल एप्लिकेसन ूमहालक्ष्मी स्मार्ट साथीूलाई परिष्कृत गर्दै अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ।
बैंकले यस कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता ल्याउने र समावेशी तथा दिगो भविष्य निर्माण गर्नका लागि आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा