सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर थापा मगरले अपाङ्गता भएका नागरिकले संविधानले प्रदान गरेको हक र अधिकार पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा राष्ट्रिय अपाङ्ंग दिवसको अवसरमा आयोजित कायक्रममा बोल्दै अध्यक्ष थापाले भने अपांगता भएका व्यक्तिहरूको सम्मानजनक जीवनयापनका लागि सरकार र मानव अधिकारकर्मीले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका हुन ।
उनले भने,‘खासगरी अपांग भएको नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र सम्मानसहित जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक हुनेछ भनिएको छ । अपांगता भएका व्यक्तिहरुलाई यो हक संविधानले दिएको छ । यो अनुसारको हक प्रयोग गर्न पाउनु पर्यो र सरकारले पनि सोही अनुसारको सुविधा दिनुपर्यो ।’
उनले मानव अधिकारसँग सम्बद्ध सबै व्यक्तिलाई अपांगता भएका व्यक्तिहरूले सेवा सुविधा प्रयोग गरेका छन् कि छैनन् भन्ने विषयमा निरन्तर अनुगमन गर्न आग्रह गरेका छन ।
उनले भने, ‘मानव अधिकारकर्मीहरूले संविधानले सुनिश्चित गरेका हकहरू कार्यान्वयनमा छन् वा छैनन् भनी अनुगमन गर्नु आवश्यक छ । सरकारको पनि यसमा पूर्ण सहयोग हुनुपर्छ । केवल नीति निर्माण मात्र नभई कार्यान्वयनमा विशेष ध्यान दिइनुपर्छ ।’
अध्यक्ष थापाले सरकारलाई अपाङ्गता भएका नागरिकलाई प्रदान गर्नुपर्ने सेवा सुविधाको व्यवस्था प्रभावकारी बनाउँदै उनीहरूको अधिकारलाई व्यवहारमा उतार्न आवश्यक नीतिगत र व्यवस्थापकीय सुधार गर्न आग्रह गरे ।
मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको सुनिश्चितता र सेवा सुविधाको पहुँच विस्तारमा विशेष प्राथमिकता दिने योजना बनाएको उनको भनाई छ ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा