सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज – सप्तरी जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाउन थालेको छ । बिहान ११ बजेदेखी मबिव क्याम्पस राजबिराजमा स्थानीय चुनाव सम्बन्धी कर्मचारीहरुलाई दिने भनिएको अभिमुखकिरण तालिमलाई राजपाका नेता तथा कार्यकर्ताले अवरोध गरेका छन् भने सो स्थानमा नेपाली सेनाको टोली पुगेको छ । स्थानीय प्रशासनले सेना खटाएकोबारे औपचारिक रुपमा केही बताएको छैन ।
राजविराजमा खटिएका सेनाले स्थानीय सञ्चारकर्मीहरुलाई फोटो खिच्न रोक लगाएको छ । राजपा कार्यकर्ताहरुले निर्वाचन तालिमका लागि राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा रहेको तालिम स्थल जाँदै गरेको सहायक मतदान अधिकृतहरुलाई जबर्जस्ती नियन्त्रणमा लिँदै घेराहाली क्याम्पसको मुलगेटमा आफूसँगै धर्नाका बसाएका थिए । सो क्रममा नेपाल र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिका बीच झण्डै ५० को संख्यामा नेपाली सेनाको टोली पुगेको थियो ।
नेपाली सेनाको फोटो खिच्ने क्रममा सेनाले फोटो नखिच्न भनेको थिए । फोटो खिच्दै गरेका पत्रकारहरुलाई डयुटीमा आएका सेनाले भने, ‘हाम्रो फोटो खिच्न पाइन्न ।’ सञ्चारकर्मीहरुले सार्वजनिकस्थलमा सुरक्षाकर्मीको फोटो लिन पाउनु आफूहरुको पेसागत कार्य भएकोले फोटो खिच्न रोक लगाउनु प्रेस स्वतन्त्रताविपरीत हुने फोटो खिच्न नपाउने सेनाको कुराको प्रतिवाद गरेका थिए । १० मिनेटसम्म नेपाली सेनाको उक्त टोली निर्वाचन तालिम स्थल महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसको उत्तरी भागमा रहेर फर्केको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा