सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ ं। भारत भ्रमणको क्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाटस्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गरेका छन् ।
उनले भारतीय विदेश मन्त्री यश जयशंकरसँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गरे । विदेशमन्त्री जय शंकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाए ।
मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने बताइएको छ ।
उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुनेछ ।
भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानमा विषयमा छलफल गरेका छन् ।
यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको छ ।
मन्त्री भण्डारीले गत साउनमा पहिलो पटक भारत भ्रमण गर्दा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप पुरीसँग भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन निर्माणको पहल गरेका थिए ।
फलस्वरूप भारतले नेपाललाई उक्त परियोजनाका लागि १५ अर्ब रकम अनुदान दिन औपचारिक रूपमा सहमति गरेसँगै परियोजना निर्माणको काम अघि बढेको छ । अहिले उक्त परियोजनामा नेपाल र भारत पक्षले आ–आफ्नो तहबाट काम गरिरहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र भारतीय उद्योग परिसंघले नयाँ दिल्लीमा आयोजना गरेको २९औं साझेदारी शिखर सम्मेलन सहभागी हुनुर्भका मन्त्री भण्डारीले नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ताहरूले आफ्नो लगानीको नाफा र पुँजीको ‘ग्यारेन्टी’ सहित उच्च दरमा प्रतिफल प्राप्त गरिरहेको बताए ।
उनले नेपालमा नवप्रवर्तन, उद्यमशीलता र लगानीलाई प्रवर्द्धन गर्न सक्षम व्यापारिक वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको बताए ।
मन्त्री भण्डारीले शिखर सम्मेलनमा भएको छलफल र विचार विमर्शले दिगो विकास, नवप्रवर्तन, प्रविधि हस्तान्तरण र समृद्धिलाई अगाडि बढाउन अर्थपूर्ण साझेदारीका लागि मार्ग प्रशस्त गर्नेमा विश्वास व्यक्त गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय नारासहित नेपालले पर्यटन, जलविद्युत्, कृषि, औषधि र सुगन्धित वनस्पति, सूचना प्रविधि तथा उत्पादन जस्ता क्षेत्रमा लगानीका प्रशस्त अवसर प्रदान गरिएको उनको भनाई छ ।
नेपालमा पर्यटन र प्रत्यक्ष वैदेशिक लगानीका हिसाबले भारत सबैभन्दा ठुलो स्रोत देश रहेको उनले बताए ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा