सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ मंसिर । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ८० अङ्कले बढेर २ हजार ७७५ दशमलव ८५ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको यसदिन ३०७ वटा कम्पनीका १ करोड ८१ लाख कित्ता शेयर ८ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको २६ करोड ७४ लाखको शेयर किनबेच भयो ।
आज बैंक, विकास बैंक, होटल, लगानी, माइक्रोफाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दिव्यश्वरी, इन्ग्वा, खानीखोला, जोशी र सुपर माई हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्यान्डे हाइड्रोपावर कम्पनीको शेयर भने साढे ९ प्रतिशतले घटेको छ ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा