सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आज(मंगलबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।
चितवन राइनोजले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ६२ रनको लक्ष्य दिएको हो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएका थिए । पोखराले टस जितेर बलिङ रोजेको थियो ।
चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो । पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।
नेपालमा एचआइभी एड्स संक्रमितहरुको संख्या क्रमश घट्दै गइरहेको सरकारी दावी छ । नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घटेको सरकारी तथ्यांक रहेपनि सङ्क्रमितमाथि अझै... विस्तृतमा