सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ मंसिर । साताको पहिलो कारोबारको दिन हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज सोमबार १९ दशमलव ९७ अङ्कले बढेर २ हजार ७५८ दशमलव ०४ विन्दुमा पुगेको छ ।
यसदिन ३१४ वटा कम्पनीका २ करोड ३० लाख कित्ता शेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको ५९ करोड रुपैयाँको शेयर खरिदरबिक्री भयो ।
आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
यसदिन तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा