सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ मंसिर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आज मङ्सिर १३ गते बसेको बैठकले खड्कालाई सिइओ मा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ ।
सूर्य लाइफ इन्स्योरेन्सको सीईओका रूपमा २०७८ मा नियुक्त भएका खड्का, २०७९ मा सूर्य लाइफ र ज्योति लाइफको मर्जरपछि बनेको सूर्यज्योति लाइफमा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहे। मर्जरपछि झण्डै दुई वर्षको कार्यकालपछि उनले सूर्यज्योति लाइफ छोडेर आईएमई लाइफ रोजेका हुन्।
बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका खड्काले हाइड्रो, शिक्षा, अडिटिङ, उत्पादन, प्रशोधन र वित्तीय परामर्शलगायत विभिन्न क्षेत्रमा काम गरीसकेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा