सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
चितवन राइनोजकोआउँदो नोभेम्बर ३० बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनका लागि तनभिरलाई अनुबन्ध गरेको हो ।
बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ–हातका तनवीरलाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ ।
राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धि उनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् ।,
तनभिरले यसलाई एक चूनौतिका रुपमा लिएको बताएका छन् । नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति भएको उनले बताए ।
‘मैले यसलाई एक चूनौतिका रुपमा लिएको छु । नेपाल गएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामु चितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ। मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ सोहेल तनभिरले भने।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा