सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१,चितवन : पूर्वी चितवनको रत्ननगरस्थित पिठ्वामा इँट्टाको सुख्खा गारो खस्दा ६ जना मजदुर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माछाको दाना उद्योगमा काम गर्ने मजदुर सुतिरहेका बेला बिहान करिब ४ बजेको समयमा हावाहुरीका कारण इँट्टाको सुख्खा गारो खस्दा घाइते भएका हुन् ।
हावाहुरीले इँट्टाको सुख्खा गारो भत्काउँदा घाइते भएका मध्ये दुईको कलेज अफ मेडिकल साइन्सेज, भरतपुर र चारजनाको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नियन्त्रण कक्षले जानकारी दिएको छ ।
सर्लाहीका राजेन्द्र राय र भारतका लालु यादव गम्भीर घाइते भएकाले उनीहरुको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भारतमा घर बताउने ३० वर्षीय बसिर मिया, ३२ वर्षीय सिकेन्द्र पण्डित र १७ वर्षीय भोला द्विन तथा बाराका १७ वर्षीय किसन महतोको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा