सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३१ –काठमाडौं, काठमाडौंको सितापाइलामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजना मजदुरको ज्यान गएको छ ।
बुधबार बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी कोमल शाहले जानकारी दिनुभयो ।
ज्यान जानेमा पर्वतका शेरबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दास छन् । ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको डिएसपी शाहले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा