सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जनकपुर बोल्ट्सले ‘टाइटल स्पोनसर’ को रुपमा डीएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसँग सम्झौता गरेको हो ।
रन्जना ट्रेड सेन्टरको आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्याक्चरिङ कम्पनी हो । डीएनए इन्टरनेश्नल नेपाल ८ वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो । यसले अहिले नेपालमा आफ्नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।
सोही क्रममा जनकपुर बोल्ट्सका निर्देशक अमित श्रेष्ठले टाइटल स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई जनकपुर बोल्ट्समा स्वागत गर्न पाउदा खुसी लागेको बताएका छन् ।
आसिफ शेख माकी खेलाडी रहेको जनकपुर बोल्ट्सले न्यूजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्समा अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन् । मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा