सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भिमबहादुर लिम्बु खिमलाई लामो समयदेखि निरन्तर नेपाल प्रहरीको केन्द्रीय कार्यालयले आत्याधुनिक हतियार (दिमाग र हृदय) मा प्रयोग भएको आरोप लगाएका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी लिम्बुले कसको र कुन प्रयोजनको लागि प्रयोग गरेको हो त्यसको जानकारीसमेत माग गरेका छन् ।
आफूलाई पर्यटन पोर्टर भएको परिचय दिने धनकुटाका स्थायी निवासी लिम्बुले प्रहरी केन्द्रीय कार्यालयबाटै सञ्चालित र नियन्त्रीत स्याटेलाईटमार्फत निगरानीसमेत भइरहेको आरोप लगाएका छन् ।
काँह कसरी र कहिलेबाट प्रयोग हुन थालेको भन्ने पत्रकारको प्रश्नमा उनि भन्छन्,“मलाई हतियार प्रयोग भएको पत्ता लगाउन ७ वर्ष लाग्यो, थाहा पाएपछि प्रहरी हेडक्वाटरममा गएँ अनि डिआईजी सबाले समस्या हल हुने अस्वासन दिए पनि हतियारबाट छुटकारा पाएको छैन ।” ‘मलाई त्यसो गर्नुको कारण पनि नखुलाउने र न्यायको लागि बारम्बार माग राख्दा पनि कसैले सुनुवाई नगरेपछि मिडियामा आउनु पर्यो ।’ लिम्बुले थपे ।
कस्तो हतियार प्रयोग भएको भन्ने जवाफमा उनि ‘स्याटेलाईटबाट दिमाग र हृदयमा प्रहार भईरहेको’ बताउँ छन् । जसले गर्दा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या समेत परिरहेको र ७ वर्षसम्म खाना खान पनि नसेको र मानसिक अवस्थामा पनि असर परेको उनले सुनाए ।
सो हतियारबाट छुट्कारा पाउन र क्षतिपूर्तिको लागि प्रधानमन्त्री र गृहमन्त्री र संयुक्त राष्ट्र संघलाईसमेत पत्र तथा ज्ञापन पत्र लेखेको जानकारी दिए । सरकारले नसुने अन्सनमा बस्नेसमेत जानकारी दिए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा