सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । चीनका केही प्रान्तमा हिउँपरेपछि पर्यटकहरुको उपस्थिति बाक्लिएको छ । हिउँद ऋतुमा हिउँ पर्ने भएपछि त्यहाँका ट्राभल्स कम्पनीले सोही अनुसारको प्याकेजहरु बनाएर पर्यटक घुमाइरहेका छन् ।
चीनले सन् २०२२ मा शीतकालीन ओलम्पिकको आयोजना गरेपछि शीतकालीन खेलकुदप्रति आकर्षण समेत बढिरहेको छ । हिउँमा खेल्न सकिने खेलप्रति पर्यटकहरुको आगमन बाक्लिएको छ ।
यही ऋतुमा उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा हिउँसँग सम्बन्धित खेलमा रमाउनेहरुको उल्लेख्य उपस्थिति देखिन्छ । स्की रिसोर्टहरू, होम स्टे र होटलहरुमा पर्यटक खचाखच छन् ।
खेलकुद र साहसिक पर्यटनको लागि विश्वव्यापी हब बनाउने तयारीमा रहेको चीनले बरफ र हिउँको अर्थतन्त्र बढाउने महत्वाकांक्षी योजनाको समेत बनाइरहेको जनाएको छ । त्यस्तै, उत्तरपश्चिमी चीनको सिन्जियाङको अल्टेमा पनि स्की खेलका पारखीहरुको उत्तिकै भीड देखिन्छ । त्यहाँ नयाँ हिउँ सिजनमा कुल १ करोड ४० लाख पर्यटक आउने अपेक्षा गरिएको छ
सन् २०२२ मा शीतकालीन ओलम्पिक भएको स्थानमा पनि यस बर्ष पर्यटकहरुको संख्याले नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्ममा १.५ ट्रिलियन युआन मूल्यमा बरफ र हिउँको माध्यमबाट आर्थिक वृद्धिको लक्ष्य लिएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा