सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ९ मंसिर । साताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ०३ अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० विन्दुमा झरेको छ ।
कारोबार रकम पनि घटेको यसदिन ३२२ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ७ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धरै जानकी फाइनान्स कम्पनीको ६० करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज लगानी र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन सेन्चुरी कमर्सियल बैंकको डिबेन्चर २०८८ को शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन थ्री स्टार हाइड्रोपावर, ङादी ग्रुप पावर र नबिल बैंकको डिबेन्चर २०८२ को शेयर भने ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा