सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अष्ट्रेलियाविरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलमा भारतले अष्ट्रेलियामाथि २१८ रनको अग्रता लिएको छ ।
शनिबार दोस्रो दिनको खेल सकिँदासम्म भारतीय टोलीले दोस्रो इनिङ्समा कुनै पनि विकेट नगुमाएर १७२ रन बनाएको हो । यशस्वी जैसवाल ९० रन र केएल राहुल ६२ रनमा नटआउट रहेका छन् । दुवैले ३४६ बलमा १७२ रनको ओपनिङ साझेदारी गरेका छन् ।
अष्ट्रेलियाले आज बिहान पर्थमा अघिल्लो दिनको स्कोर ७ विकेट गुमाएर ६७ रनबाट खेल सुरु गरेको थियो । टोलीले स्कोरबोर्डमा ३७ रन थप्दा अन्तिम ३ विकेट गुमाएको थियो । अष्ट्रेलियालाई पहिलो पारिमा ४६ रनले पछि पार्न सफल भयो ।
विकेटकिपर एलेक्स क्यारीले पहिलो दिनको आफ्नो स्कोरमा २ रन मात्र जोड्न सके र कुल २१ रन बनाए भने नाथन लियोनले ५ रनको योगदान दिए । मिचेल स्टार्कले सर्वाधिक २६ रन बनाए ।
भारतीय कप्तान जसप्रित बुमराहले ५ विकेट लिए । डेब्यु गर्दै हर्षित रानाले ३ विकेट लिए । मोहम्मद सिराजले २ विकेट लिए । शुक्रबार खेलको पहिलो दिन भारतीय टोली १५० रनमा अलआउट भएको थियो । भारतले टस जितेर ब्याटिङ रोजेको थियो । अब आइतबार तेस्रो दिनको खेलमा भारतका यशस्वी जैयसवाल र केएल राहुलले पारि सुरु गर्ने छन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा