सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । महिला उद्यमी महासंघ नेपालले नेप्को इन्टरटेन्मेन्ससगँको सहकार्यमा अस्ट्रेलियाको मेलवर्नमा मेड इन नेपाल एक्स्पो २०२४ को आयोजना हुने भएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले यही मंसिर १४ र १५ गते एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मेलामा नेपाली कच्चा पदार्थहरुका साथै स्थानीय सीप तथा प्रविधिको प्रयोगबाट उत्पादन भएका वस्तु तथा सेवाहरुलाई विक्री एवं प्रर्दशनीका लागि राखिने छ ।
मेलामा महासंघले नेपाली उद्यमीहरुद्वारा उत्पादन गरिएका हस्तकला, कृषि, शिक्षा, पर्यटन, खाद्य उत्पादनका साथै नेपाली सास्कृतिक उत्पादनहरुको प्रर्वद्धन, प्रर्दशन तथा विक्रि वितरण गर्ने आयोजकले जानकारी दिएको छ ।
आयोजकले मेलामा सहभागिताबाट नेपाली उद्यमीहरुलाई व्यवसायीदेखि व्यवसायी र व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि उत्कृष्ट अवसरहरुको खोजीमा मद्दत पुग्ने साथै उत्पादनहरुको अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्नुका साथै विक्री वितरणका लागि दिर्घकालिन अवसर प्राप्त हुने विश्वास लिएको छ ।
अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नपुगेको विषयलाई मध्यनजर गर्दै अस्ट्रेलियाको मेलवर्नमा एक स्थायी विक्री कक्षको स्थापना तथा सञ्चालन गर्ने लक्ष्यका साथ तयारी गरिरहेको पनि आयोजकले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा