सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, ७ मंसिर । कालिका गाउँपालिका-१ ग्राङबाट सुनजस्तो देखिने धातु करिब २ किलोग्राम सहित गोसाईकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरीले कालिकातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४३ प २४३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार लामाले लगाएको दुवै जुत्ताभित्र लुकाई छिपाई ल्याएको उक्त धातु फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा