सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखी हरेक साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । महानगरपालिकाले दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि निःशुल्क पार्किङ उपलब्ध गराउने भएको हो ।
प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको यातायात आवागमन र पार्किङका लागि सहज हुनेछ ।’ काफ्लेका अनुसार दुई पाङ्ग्रे र ४ पाङ्ग्रे दुवै खालका सवारी साधनका लागि हो ।
साथै पार्किङ् व्यवस्थापन महानगर प्रहरी बलले गर्ने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा