सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजार उच्च अङ्कले घटेको छ ।
हिजो सामान्य बढेको शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अङ्कले घटेर २ हजार ६८० दशमलव ४४ विन्दुमा झरेको छ ।
कारोबार रकम भने बढेको यसदिन ३१४ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ८ अर्ब २५ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर २५ करोड २४ लाखका किनबेच भयो ।
आज सबै समूहको शेयर घटेको छ । सबै समूहको शेयर घटेको दिन विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा