सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बेलायतमा पछिल्ला केही दिनदेखि लगातार हिमपात भइरहेको छ । हिमपातका कारण एकातिर मौसम रमाइलो बनेको छ भने अर्कोतिर जनजीवन पनि प्रभावित भएको छ ।
भारी हिमपातका कारण विद्यालय बन्द, रेल ढिलो चल्ने, सडकमा सवारी चलाउन समेत कठिन भएको छ । यसका साथै वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित रहन अपिल गरिएको छ ।
मौसम कार्यालयले उत्तरी स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड, मध्य र दक्षिणी वेल्स र स्कटिश सीमादेखि नोर्फोकसम्मको पूर्वी काउन्टीहरूमा हिउँको लागि पहेंलो चेतावनी जारी गरेको छ। योसँगै मौसम विभागले यो साता सम्भावित खतराको चेतावनी दिएको छ ।
धेरै ठाउँमा ५ इन्चभन्दा बढी हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाक्लो हिउँले घर, सडक र सवारी साधन ढाकेको छ ।
मौसम विभागले मिडल्याण्ड्स र दक्षिणी इङ्गल्याण्डका लागि पनि पहेंलो चेतावनी जारी गरेको छ। मानिसहरूलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।
यसअघि मौसम विभागले उत्तरी इङ्गल्याण्ड र मिडल्याण्ड्सका लागि चेतावनी जारी गरेको थियो। यद्यपि, मध्य लन्डनलगायत सतर्कतामा नपरेका क्षेत्रमा पनि हिमपात भएको छ।
मौसमविद्हरूले आर्कटिक समुद्री वायु मासले बारम्बार हिउँ परिरहेको बताएका छन्। यो साता बेलायतका धेरै क्षेत्रमा धेरै चिसो रहनेछ।
वेल्समा करीव १ सय ४० सहित बेलायतभर २२० भन्दा बढी विद्यालयहरू बन्द गरिएको थियो। डर्बी विश्वविद्यालयले पनि मौसमको कारण चेस्टरफिल्ड, बक्सटन र लीकमा आफ्नो क्याम्पसहरू बन्द गरेको छ। रेल सञ्जालमा ढिलाइ र रद्द हुँदा हजारौं यात्रुले समस्या भोग्नु परेको छ ।
मौसम विभागले रातिको तापक्रममा तीव्र गिरावट आउने, स्कटल्याण्डका केही भागमा माइनस ३ डिग्री सेल्सियस र दक्षिणी इङ्ल्यान्डका केही स्थानमा माइनस १ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जनाएको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा