सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ मंसिर । रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।
एमाले–कांग्रेसको सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुथा उत्तरगङ्गा गाउँपालिकाकाे उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उम्मेदवार हुनुहुन्छ ।
यसैबीच जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार टीकाकुमारी चौधरी (भूल) निर्विरोध निर्वाचित हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएसँगै अर्की उम्मेदवार चौधरी निर्विरोध निर्वाचित हुनुभएको हो ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा