सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मुम्बई—टेलिभिजन व्यक्तित्व एवं अभिनेत्री कीर्तिका चौधरीको अँधेरीस्थित चार बंगलो क्षेत्रस्थित निवासमा रहस्मय हत्या भएको छ। उनको कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए। विगत तीन–चार दिनदेखि बन्द रहेको उनको फ्लाटबाट दुर्गन्ध फैलिएपछि प्रहरीलाई खबर गरिएको थियो।
सोमबार दिउँसो ३ः४५ घटनास्थल पुगेको प्रहरीफ्लाटको ताला फुटाएर भित्र प्रवेश गरेको थियो। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गर्दै दुर्घटनाबस मृत्यु भएको उल्लेख गरेको थियो। घटनाको मुचुल्का उठाउँदै रहस्यमय हत्या शीर्षकमा अनुसन्धान अघि बढाइरहेको क्षेत्रीय प्रहरी उपप्रमुख अरुण चावनले भने।
हरिद्वारकी बासिन्दा हुन् कीर्तिका : टेलिभिजन पर्दाकी लोकप्रिय कलाकार कीर्तिका हरिद्वारकी स्थायी बासिन्दा हुन्। केही वर्षअघि मात्र उनी करिअर अघि बढाउँदै मुम्बई पुगेकी थिइन्। कंगना रनावतको राज्जोमा अभिनय गरेकी उनले एक दर्जनभन्दा बढी टेलिभिजन तथा छोटा फिल्महरुमा काम गरेकी छिन्।
बालाजी फिल्म्समा काम गरिसकेकी उनी अपराधसम्बन्धी कार्यक्रममा पनि देखिएकी थिइन्। बलिउडमा स्थापित हुने उद्देश्यसहित मुम्बई पुगेकी उनले आफ्नो करिअरलाई सोचेअनुसार उचाइ दिन सकेकी थिइनन्। चार बंगलोस्थित अपार्टमेन्टमा उनी एक्लै बस्दै आएकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा