सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३० – स्ट्राइकर रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । रियल मड्रिडका स्ट्राइकर रोनाल्डोमाथि स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको भन्दै आरोप दर्ता गरेका हुन् । रोनाल्डो विरुद्ध स्पेनका कानुनी अधिकारीले आरोप पत्र दर्ता गरेको बिबिसीले जनाएको छ । रोनाल्डोमाथि सन् २०११ देखि २०१४ सम्ममा एक करोड ४७ लाख युरो कर छली गरेको आरोप लागेको छ ।
रोनाल्डोले यसअघि नै आफूले लुकाउनु पर्ने केही काम नगरेको बताउँदै आफ्नो कर सम्बन्धमा भइरहेको अनुसन्धानबाट आफूलाई कुनै चिन्ता नरहेको बताएका थिए । रोनाल्डोमाथि आफ्नो तस्बिरबाट भएको आम्दानी लुकाउनका लागि व्यवसायको खोल ओढाएको आरोप पनि लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा