सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वीडेन युईएफए नेसन्स लिगको शीर्ष श्रेणीमा प्रमोसन भएको छ । समूह सीको लिग १ अन्तर्गत मंगलबार राति भएको खेलमा अजरबैजानमाथि ६–० को फराकिलो जीत दर्ता गर्दै १३ अंकका साथ प्रमोसन भएको हो ।
स्वीडेनको जितमा डेजान कुलुसेभ्स्की र विक्टर ग्योकरेसको प्रदर्शन उत्कृष्ट रह्यो । १० औँ मिनेटमै डेजान कुलुसेभ्स्कीले गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । त्यसपछि, २६ औँ मिनेटमा विक्टर ग्योकरेसले दोस्रो गोल थपेका थिए ।
खेलको ३७ औं मिनेटमा ग्योकरेसले व्यक्तिगत दोस्रो गोल गर्दा स्वीडेन ३–० को अग्रतामा पुगेको थियो । पहिलो हाफमा ३ गोल गरेको स्वीडेनले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो ।
५७ औं मिनेटमा कुलुसेभ्स्कीले आफ्नो दोस्रो गोल गरे भने लगत्तै १ मिनेटभित्र ग्योकरेसले ह्याट्रिक पूरा गरे । अन्ततः ७० औँ मिनेटमा ग्योकरेसले चौथो गोल थप्दै स्वीडेनको जितलाई शानदार बनाए ।
यही समूहमा रहेको स्लोभाकियाले इस्टोनियालाई १–० गोल अन्तरले पराजित गरेको छ । यो नतिजासँगै स्लोभाकिया प्रमोसन प्लेअफमा पुगेको छ भने स्वीडेनसँग पराजित भएको अजरबैजान रेलिगेशन जोनमा पुगेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा