सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ मंसिर । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व डाक्टर आयुष्नोभा ढुंगानाले गर्ने भएकी छन् । शर्म अल शेखमा नोभेम्बर २१देखि आयोजना हुने प्रतियोगीताका लागि उनी केही दिनपछि इजिप्ट उड्नेछिन् ।
५५ देशले प्रतिनिधित्व गर्ने प्रतियोगीताको उनी नेपालको एक्लो प्रतिनिधि हुन् । प्रतियोगीताका लागि उनले राष्ट्रिय फूल लालिगुरासको गाउनमा शान्तीको प्रतिक परेवाको फ्युजन राखेर तयार पारिएको पहिरन लगाउनेछिन् ।
‘मिस इन्टरकन्टिनेन्टल’मा नेपालको प्रतिनिधित्व गर्न पाउदा निकै गर्व महसुस भएको ढुंगानले बताइन् । ताज नेपाल ल्याउने उदेश्य सहित आफु प्रतियोगीतामा सहभागी हुन लागेको उनको भनाई छ ।
‘प्रतियोगीताका लागि तयारी राम्रो गरेको छु’, ढुंगानाले भनिन् ‘नेपालको नाम उचो गरेर फर्किन्छु ।’ प्रतियोगीतामा जीतका लागि सबैको नेपालीको शुभकामना र शुभेच्क्षाको अपेक्षा आफुले राखेको उनले सुनाइन् ।
प्रतियोगीताका लागि उनले एक भिडियो पनि बनाएकी छन् । जसमा नेपालको ऐतिहासिक धरोहर मठ मन्दिर, प्रकृतिक सम्पदा नदी, नेपाली परिवेश, कृषी र नेपाली पहिरन लगायतका कलासंस्कृति समेत झल्काएकी छन् ।
‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’को उपाधि विजेता समेत रहेकी डा. ढुंगाना मोडल पनि हुन् । कलाकारिता र डाक्टर पेशा एकसाथ अगाडि बढाइरहेकी ढुंगाना बंगलादेशबाट एमबीबीएस गरेकी छन् । संयुक्त राज्य अमेरिकाको हार्वर्ड मेडिकल स्कुलबाट जनेशरल साइकीयाट्रिक म्यानेजमेन्ट, साइको एजुकेशन, बाइप्लोर डिसअडर, डिप्रेसन पोष्ट ग्रेजुएशन क्रेडिट पाठ्यक्रममा उनले १०० प्रतिशत क्रेडिट पाएकी थिइन् । अहिले हार्वर्ड स्कुलकै अटिजम पोस्ट ग्रेजुएशन क्रेडिट कोर्स गर्दैछन् ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा