सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ४ मंसिर । शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ५१ दशमलव ११ अङ्कले घटेर २ हजार ७०२ दशमलव ६५ विन्दुमा झरेको छ ।
यसदिन ३१० वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर १० अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
यसदिन ङादी ग्रुप पावर, समृद्धि फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर ८ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन आत्मनिर्भर लघुवित्त कम्पनीको शेयरमा भने सकारात्मक सर्किट लागेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा