सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । म वाग्लुङको गल्कोट नगरपापालिका–७ मा जन्मेको हुँ । मेरो बाल्यकाल गाउँमा नै वित्यो । १० कक्षासम्म गाउँमा नै पढें । स्कुल पढ्दादेखि नै संगीतमा रुचि राख्थें । स्थानीय क्लवहरुमा बसेर चारपाँच वर्ष सांगीतिक गतिविधिहरु गरेर विताए । गाउँमा गाउने, नाच्ने र बजाउने व्यक्ति भनेर सबैले चिनेका थिए । पछि कलेज पढ्न आउँदा धेरै नै संघर्ष गर्नुपर्यो । बाग्लुङ सदरमुकाममा पढ्न आउन खोज्दा बुबाले दिनुभएको थिएन तर आए । कारण आर्थिक अवस्था थियो । बुबाले गाउँमै पढ् भन्नुभएको थियो । तर नमानेर बाग्लुङ आएको हुँ ।
बाग्लुङमा संगीत पढ्ने ठाउँ थिएन । त्यसैले पोखरा जाने निधो गरें । त्यहाँ पनि खासै राम्रो हुँदैन भनेर साथीहरुले सुझाव दिएपछि २०५७ सालमा काठमाडौं आएको हुँ । काठमाडौं उत्रिएपछि लगातार ०६२–६३ कठोर संघर्ष गरे । सोही सिलसिलामा ‘वास्ना’ भन्ने एल्बम निकालें । त्यसमा संगीत र संगीत संयोजनको जिम्मेवारी निर्वाह गरें । त्यही नै सांगीतिक यात्रामा टेकाउने खुड्किलो भयो ।
अहिले ‘पूर्ण वहादुरको सारङ्गी’मा समेटिएको भाइरल गीत ‘रैया चाँदी’ले मलाई थप उत्साहित बनाएको छ । स्रोता–दर्शकहरुले हौसला दिइरहनु भएको छ । दोहोरी फरम्याटमा भएका कारणले मंैले पनि नयाँ प्रकारको आभास गरिरहेको छु । लोकगीतलाई माया गर्ने स्रोताहरु अझै फरक एवम पृथक हुने रहेछन् भन्ने कुरा यो गीत बजारमा आइसकेपछि अनुभुत भइरहेको छ । हुन त मैंले धेरै लोकगीतहरु गाएको छु । तर यसबाट स्रोताहरुले मलाई जति माया गरिरहनुभएको छ यसबाट मैंले लोक गीतको महत्व कति रहेछ भन्ने थप बुझ्ने र महसुश गर्ने मौका पाइरहेको छु ।
हुनत लोक गीतहरुका बारेमा कन्ट्रोभर्सी भइरहेको हुन्छ । यसको बुझाइ र काम गराइका कारण पनि यस्तो हुने गर्छ । कतिपय भाकाहरु अलरेडि रेडियो खोल्दादेखि नै रेकर्डिङ हुन थाले । भाकाहरु बजारमा आइसकेकै हुन्थे । रेडियोमा आएका भाकाहरु यतिबेला पुनःनिर्माण भइरहेका छन् । रिमिक गर्दा गीत फलानोको जस्तो भयो, पहिलाको जस्तो भयो भनेर भन्ने गरिन्छ । केही संगीतका पारखीहरुले र र आफूलाई समालोचक भन्न रुचाउनेहरुले बढी नै क्रिटिसाइज गर्दा हाम्रो मौलिकता हराउँदै गइरहेको जस्तो लाग्छ । रैयाँ चाँदीको गीत निकै मैलिक तरिकाले बजारमा आएको हो । लोकदोहोरीको जुन मिटर हुन्छ त्यहीँ मिटरमा गीत आएको हो । भाका नयाँ बनाउँछु भन्दा पनि लोकगीतहरुको पञ्चिङ मर्दै गएको देखिन्छ । लोकगीत भनेको माटोको सुगन्ध हो । यहाँका चराचुरुङगीहरुको चिरबिराट हो । र यहाँको मान्छेहरुका लागि इन्द्रेणी महशुस गर्ने भाका हो । यसमा मौलिकता बढी र कपी भनेर उस्तै त ल्याउन मिलेन नि ।
कुनैपनि चिजको एउटा रिफरेन्स दिँदाखेरी अथवा गीतको रिफरेन्स दिनको लागि त कुनै कलखण्डमा पुग्नैपर्छ । त्यो कालखण्डमा कस्ता कस्ता गीतहरु बने त ? भन्ने कुरा चाँही हुन्छ । यस्तै ‘रैया चाँदी’ जस्तै फ्लेबरमा गीतहरु धेरै छन् । यही फ्लेबरमा यही मिटर र यस्तै पनको गीत बनाउँदा त्यसको सक्कल सबै त्यही गीतसँग मिलेको हुँदैन । जसरी बाबुसँग छोराको अनुहार मिल्छ लगभग त्यसरी नै लोकगीतसँग अन्य लोकगीतको अनुहार मिल्छ । मिलेन भने त्यो बाबुको छोरा नि भएन । र मिलेन भने त्यो लोकगीत अर्को लोकगीत नै भएन । तर त्यसको मिटर, उठान, पठान केही मात्रामा मात्र मिलेको हुन्छ । यसरी नजानेका कुराहरुमा धेरै कुरा राख्ने बानीले पुष्टि गर्न गार्हो छ । त्यसैले कसैलाई सस्तो तरिकाले आरोप लगाउनु राम्रो होइन । नेपालमा अलि आफूले नजानेको विषयमा पनि विचार राख्दा वढि समस्या आउने गरेको छ । । चोरको लान्छना त मैले खेपे नि त, तर चोरी होकि होइन,अभियुक्त लगाउन पो सजिलो पुष्टि गर्न त अप्ठ्यारो छ नि । हचुवाको भरमा कसैलाई आरोप लगाउनु सजिलो छ, पुष्टि गर्न गार्हो पर्छ ।
मैंले विशेषगरी लोकदोहोरीको पछिल्लो धारको म्यूजिक एरेन्जमेन्टलाई एउटा नयाँ आकार दिने गरेको छु । लेखक नवराज पन्तले त्यसै सन्दर्भमा नयाँ भाका बनाएर गाउनका लागि गर्नुभएको आग्रहलाई मैंले स्वीकार गरेको हुँ । मलाई चाँही त्यति हिम्मत थिएन । लोकदोहोरी फर्क्याटमा त्यति धेरै कम्फर्टेवल थिइन् । मलाई त्यसको अनुभव छैन् जस्तो लाग्छ । उहाँको अनुरोधमै मैले कम्पोज गरेको हुँ । कम्पोज, लय, भाका राम्रो बन्यो भन्ने लाग्यो । एक डेढ वर्ष भयो रैया चाँदीको तयार भएको । यो गीत ४० बर्ष पहिलेको फ्लेबलमा बनाएका हौं । तर फिल्ममा पनि त्यही नै चाहिएको रहेछ । चारपाँच दिनकै छोटो समयमा गीत तयार भएको हो । मैंले पनि रातारात मेहेनत गरें । पहिला पनि बनिसकेको भएर रिसेट गर्नलाई गार्हो भएन ।
गीत तयार हुँदैगर्दा मेलिना राई आएर गाउनुभयो । उहाँले गाइसकेपछि मलाई निकै राम्रो बनेको मशसुस भयो । अनि मैले गाएको हुँ । त्यसपछि प्रोडयुसरहरुलाई देखाएपछि थोरै मिलाएर उहाँहरु सुटमा जानुभयो । मलाई त्यसपछि सुटबाट नै फोन आउ थाल्यो । गीत असाध्यै राम्रो बनेछ, भयंकर राम्रो हुन्छ भनेर बधाई दिनुभयो । गीत रिलिज भयो तर हिट नहुँदै धेरैले बधाई दिनुभयो ।
स्पेसल सो को दिन, त्यहाँ फिल्म अलि सुस्ताउने हो कि जस्तो महशुस भएको थियो । तर रैया चाँदीको भाइरल भएपछि हलसम्म फिल्म चल्नुमा यसको प्रमुख कारण छ भन्नुभयो । यो त उहाँको महानता हो । तर मलाई लाग्छ यसको पनि हात चाहीं छ । गीतले दर्शकलाई फिल्म हेर्नको लागि केही मात्रामा तानेकै छ । सबै कुरामा पूर्ण बहादुरको सारङ्गी राम्रो छ । क्यारेक्टरहरुमा पनि डुबेरै अभिनय भएको छ । त्यही कारणले पनि मैंले सारङ्गीको टिमसँग गीत गाएर हातमा हात मिलाएको महशुस गरेको छु ।
हुनत मलाई मेरा हरेक सृजनाहरुको उत्तिकै माया लाग्छ । कुनै चल्छन् कुनै चल्दैनन् त्यो अलग कुरा हो । ‘फूलै फूल दिन्छौं कि’ भन्ने गीत मंैले आज भन्दा १२ –१५ वर्ष अगाडि शिव परियार दाइको आवाजमा रेकर्ड गराए । त्यतिबेला चाईचुई केही चलेन । तर डेढ वर्ष पहिला भाइरल भयो । त्यसपछि फेरि रिमेक गरेर पनि निकाल्यौं । त्यतिबेला यो त चलेन भनेर हुँदैन् । त्यसैले हरेक सृजना विशेष नै हुन्छन । हरेकका सन्तान विशेष हुन्छन । तर कोही अलिकती कमजोर पनि जन्मन्छन् । कोही अलि राम्रो पनि जन्मन्छन् । गीत र सन्तान राम्रो नै जन्माउँछु भनेर नहुँदो रहेछ ।
र यतिबेला गीत रेर्कर्डिङको संख्या घटेको छ । गीत निर्माण प्रक्रिया पनि कम हुँदै गएको छ । तर गीतमा लगानी धेरै बढ्दै गइरहेको छ । एउटा गीतमा लगानी धेरै हुने भएकाले फिल्ममा पनि धेरै गीतहरु समावेश हुन छाडेका छन् । त्यस्तै अहिले कलाकारहरु पनि औंलामा गन्न सकिनेहरु मात्र राम्रो होलान । धेरैलाई चाहीं गार्हो भइरहेको छ । पछिल्लो समयमा एउटा सुखद कुरा के भने जसको गीत चलेको छ त्यो गुणस्तका कारण नै चलेको छ । कसैको गीत हिट भइरहेको छ भने त्यसको शब्द, स्वर, रेकर्डिङ र भिडियो मेकिङका हिसाबले हिट भइरहेको छ ।
पहिले पहिले जसको प्रविधिमा र मिडियामा पहुँच थियो त्यसलाई कामहरु बढी आउने हुन्थ्यो । तर हिजोआज समय र परिस्थिति बदलिदै गएको छ । अहिले चलेका गीतहरु सबै राम्रो भए नै चलेका छन् । त्यो चाँही सुखद पक्ष हो । यसको मतलब राम्रो कलाकार मात्र अगाडि आउन पाए । जसका कारण संगीतको गुणस्तरलाई राम्रो बनाइरहेको छ । तर केही कलाकारलाई चाँही कठिनाइ भइरहेको र कलाकारहरु पलायन हुने लहर बढेको छ ।
चारपाँच वटा गीत गर्दा बल्ल एउटा चल्छ । त्यो सन्तुलन हुन सकेको छैन् । अर्को कुरा हाम्रोमा राम्रो कन्सर्ट हुने, राम्रो कार्यक्रमको आयोजना हुने र कलाकारले राम्रो पारिश्रमिक पाउने वातावरण बनिसकेको छैन् । कलाकारहरु वा हिरो–हिरोइन सबैलाई लामो समय चल्न कठिनाइ नै हुन्छ । राम्रो पारिश्रमिक पाउने हो भनेसमयको सेरोफेरोमा उसको राम्रो सेटअप हुन सक्छ ।
हाम्रो जस्तो सानो देशमा राज्यको कलाकारहरुलाई कसरी प्रोत्साहन गर्ने भन्ने विशेष किसिमको नीति हुन आवश्यक छ । किनकी राज्यका जनतालाई कलाकारले मनोरञ्जन त दिएका छन् नि । त्यो बापत राज्यले कतिपय सिस्टम बनाउन नसकेको कारण राम्रो पारिश्रमिक पाएको छैन् । त्यसैले विशेषगरी राज्यले राम्रो नीति बनाउन जरुरी छ । र कलाकारहरुलाई विशेष खालको व्यस्था राज्यले गर्न जरुरी छ । ता कि मानिसलाई कलाकारितामा लाग्न हौसला मिलोस् ।
मेरो कुरा गर्नुपर्दा विशेषगरी म गायक नै बन्न आएको हुँ । र म अहिले गायककै रुपमा स्थापित भइरहेको छु । दर्शक स्रोताहरुले सायद तैंले गाउनुपर्छ है भनेर नै मलाई बढि प्रोत्साहित गर्नुभएको छ । यसलाई आत्मसाथ गरेर संगीतकर्म गरिरहेको छु । गायक गायिकाहरुको लागि मैले गीत बनाउने कर्म भने जारी नै रहने छ । यद्यपी, मेरो प्रयास अब गायनमै हुनेछ । र देश विदेशका सो हरुमा देखिने छु ।
आशिष अविरल
गायक/संगीतकार
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा