सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युइएफए नेसन्स लिगमा क्रोएशिया र पोर्चुगलले एक एक गोलको बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीले नेसन्स लिगको क्वाटरफाइनलमा पनि स्थान सुरक्षित गर्न सफल भए । पहिला नै समूह विजेता बनेको पोर्चुगलले पोल्यान्डमाथि ५–१ को प्रभावशाली जित पछि क्रोएशियाविरुद्ध प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । क्रिस्टियानो रोनाल्डो र बर्नार्डो सिल्भा जस्ता स्टार खेलाडी बाहिर हुँदा पनि रोबर्टो मार्टिनेजको टोलीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन ग¥यो ।
३३ औं मिनेटमा भिटिन्हाको लामो पासमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा माटेओ कोभासिचको स्थानमा मारियो पासालिच मैदानमा उत्रिए र कप्तान लुका मोड्रिचसँगै गतिलो तालमेल गरे । डिफेन्समा रहेका जोस्को ग्भार्डिओलले गरेको एउटा हेडर अफसाइड भएको थियो ।
तर, ६५ औं मिनेटमा उनैले कर्नरबाट आएको बललाई पोस्ट नजिकैबाट गोलमा परिणत गर्दै खेल बराबरी गरे ।
यसैबीच, एन्डी रोबर्टसनको अन्तिम समयको गोलले स्कटल्याण्डले पोल्यान्डलाई हराए पनि रेलिगेसन प्लेअफमा जाने भएको छ । पोल्यान्ड झन् दोस्रो डिभिजनमा झरेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा