सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ३०, काठमाण्डौ । साताको तेस्रो दिन नेप्सेमा हरियाली देखिएको छ ।तिनदिनसम्म लगातार ओरालो लागेको नेप्से आज भने केही सधार भएपनि कारोवार भने बढ्न सकेन । नेप्से परिसूचक ४.६३ अंकले बढेर १५८५.१५ अंकमा पुग्दा कारोबार रकम ४९ करोड २ लाख रुपैंयाँमा समेटिएको छ ।
मेगलबार शेष्र बजारमा उत्पादनमूलक बाहेक सबै समूह बढेका छन् । सबैभनदा धेरै होटल समूह १७.७९ अंकले बढेको छ । बैंकिङ ३.६३, विकास बैंक २.०७, जलविद्युत् १३.३२, फाइनान्स १.४४, बीमा १४.६९ र अन्य ८.१ अंकले बढेका छन् । उत्पादनमूलक भने ७.६३ अंकले घटेको छ ।
एभरेष्ट बैंकको सबैभन्दा धेरै चार करोड ६८ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार भएको छ भने दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ९६ लाख रुपैंयाँको भएको छ । तेस्रोमा नेपाल इन्भेष्टमेन्टको २ करोड २२ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल लाइफको १ करोड ८१ रुपैंयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, आरएसडीसी लघुवित्त, लक्ष्मी बैंक, नविल बैंक प्रोमोटर, सिद्धार्थ बैंक, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स लगायतका कम्पनिले एक करोडमाथिको कारोबार गरेका छन् ।
मंगलबार वल्र्ड मर्चेन्टका लगानीकर्ताले सबैभन्दा बढि ९.४० प्रतिशतले कमाएका छन् । यसैगरी तारागाउँ रिजेन्सीका लगानीकर्ताले ६.३७ प्रतिशत र सप्तकोशी बिकास बैंकका लगानीकर्ताले ५.७१ प्रतिशतले कमाएका छन् । तिनाउ विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक मिथिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, लक्ष्मी बैंक लगायतका सेयरधनीले पनि कमाउने अवसर प्राप्त गरे ।
मंगलबार गुमाउने कम्पनिहरुमा हिमालयन डिस्टिलरीका लगानीकर्ताले पहिलोमा परे जसले सबैभन्दा बढि ७.८६ प्रतिशतले गुमाएका छन् भने सृजना फाइनान्सका लगानीकर्ताले ३।७५ प्रतिशतले गुमाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा