सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ६०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी भन्टा डल्लोको मूल्य ५० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ ।
रायो सागको मूल्य ३० रुपैयाँ छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य २० रुपैयाँ रहेको छ ।
त्यस्तै,लोकल गाजर १५० रुपैयाँ, तने बोडी १६० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ ।
त्यस्तै, अनारको ४५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा