सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० कार्तिक । समता घरेलु लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज शुक्रबार बिहान ९ बजे बाँडफाँड गरेको हो ।
लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।
लघुवित्तको एफपिओमा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । यसमा १४ लाख ३२ हजार ४२० जना आवेदकले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ६०.७२ गुणाले बढी आवेदन हो ।
जसमा ३५ हजार ९० जनालाई १० कित्ताका दरले एफपीओ परेको छ भने बाँकी १३ लाख १२ हजार ४१८ जना आवेदकको हात भने रित्तो भएको छ ।
लघुवित्तले सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुर्याउन एफपीओ जारी गरेको थियो । एफपीओ पश्चात लघुवित्तको सर्वसाधारण शेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुगेको छ ।
एफपीओको नतिजा हेर्नका लागि :
१. बिक्री प्रबन्धकको वेबसाइट : https://muktinathcapital.com/
२. मेरो शेयरको वेबसाइट : http://meroshare.cdsc.com.np/#/login
३. सिडिएसको वेबसाइट : http://iporesult.cdsc.com.np/
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा