सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० कार्तिक । नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो।
जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन्। यसैगरी प्राडर प्राविधकर हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ। जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन्।
सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ। दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ।
हेर्नुहोस् विज्ञापन:
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा