सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय ममकवानपुर जिल्लाका केही पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन्।
सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि मकवानपुरका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन्।
बिशेषगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा ‘ड्रागन फ्रुट’ खेतीमा किसानको आकर्षण धेरै छ । खेत भभाडामा लिएर समेत यसको खेती गर्न थालेका छन् ।
मकवानपुरगढी गाउँपालिकाको धादिङ, ज्यामिरे, डुम्रेकुना लगायतका क्षेत्र, हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी, हटिया लगायतका क्षेत्रमा यसको खेती गर्ने किसानहरु बढेका छन् ।
पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकारी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गर्नेहरु बढेका छन् ।
“सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’ भनेर आलोचना पनि गर्नुभयो। पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरूले पनि खेतीप्रति चासो देखाउन थालेको मकवानपुरगढी ५ ज्यामिरेका नबराज हुमागाईले बताए । अहिले हेटौंडा बजारमा ‘ड्रागन फ्रुट’को माग पनि निकै बढेको बताए ।
वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्त्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको छ । अहिले स्थानीय क्षेत्रमा पनि यसको माग पहिलेको तुलनामा बढेको किसानहरु बताउँछन् । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरूले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या आउँदैन।
यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरीकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको किसानहरु बताउँछन् ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा