सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ कार्तिक । साताको अन्तिम कारोबारको दिन आज शेयर बजार बढेको छ । लगातार दुई दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९५ अङ्कले बढेर २ हजार ७४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।
यसदिन ३२१ वटा कम्पनीका २ करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३५ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज फाइनान्स, लगानी, बीमा, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल समूहको शेयर उच्च अङ्कले बढेको छ ।
यसदिन गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन रावा इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा