सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २९ कार्तिक । गरिमा विकास बैंक र विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुको छाता संगठन नेपाल विद्युत् उद्यमी महासंघ बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका बिच गरिमा विकास बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विद्युत् उद्यमी महासंघ नेपालको तर्फबाट अध्यक्ष रेशम प्रसाद देवकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौतापश्चात नेपाल विद्युत् उद्यमी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरण सम्बन्धी उद्यमीहरुलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ्ग कारोबार गर्नका लागि सहजीकरण गर्नेछ ।
संघमा आबद्ध उद्यमीहरुले गरिमा विकास बैंकले केही समयअधि सार्वजनिक गरेको आर्कषक व्याजदर योजना अन्तर्गत ८.४८ प्रतिशतमा व्यवसायिक अधिविकर्ष कर्जा तथा ०.७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने छ ।
साथै उक्त सम्झौता अनुसार उद्यमीहरुले प्रचलित ऐन नियमको परिधिभित्र रही सरल तथा सहज तवरबाट घर कर्जा, सवारी कर्जा, शेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्ड लगायतका सुविधाहरु समेत प्राप्त गर्नेछन । सो प्रयोजनको लागि विकास बैंकले छुट्टै कर्जा डेस्क समेत स्थापना गरी कार्य गर्नेछ ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।
काठमाडौं । देशमा जहानियाँ राणा शासनका बेला उच्च शिक्षा अध्ययन गर्ने केन्द्रका रुपमा स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पृथक महत्व छ । राजा त्रिभुवनले उद्घाटन... विस्तृतमा