सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँ घटेको हो ।
सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलामा ४ सय र मंगलबार २ हजार ४ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोलामा ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौँ । ज्योतिष शास्त्रमा पञ्चक अवधिलाई अशुभ अवधि मानिएको छ र यस अवधिमा कुनै पनि शुभ कार्य गर्न निषेध गरिएको छ। पञ्चक अवधिलाई अशुभ नक्षत्रको संयोग मानिन्छ र शनिबार... विस्तृतमा